भोलिदेखि रामघाटमा हुने बास्केटबलको तयारी पूरा (खेल तालिकासहित)

उद्घाटन खेलमा बेगा र कास्की बास्केटबल एकेडेमी भिड्ने

पाेखरा | पुस २, २०८१

भोलिदेखि रामघाटमा हुने बास्केटबलको तयारी पूरा (खेल तालिकासहित)

पोखरा:   कास्कीको अन्नपूर्ण गाउँपालिका ११ छोम्रोङका स्वर्गीय प्रदीप गुरुङको स्मृतिमा आयोजना हुने पहिलो संस्करणको खुला पुरुष तथा महिला बास्केटबल प्रतियोगिताको तयारी पूरा भएको छ । 

 

चैंपरे लेम भाईखलक घान्द्रुकको आयोजनामा (भोलि) पौष ३ गतेदेखि ६ गतेसम्म पोखरा १० रामघाटस्थित पुन समाजको बास्केटबल कोर्टमा हुने प्रतियोगिताको तयारी पूरा भएको कार्यक्रम संयोजक राजकुमार गुरुङले जानकारी दिए ।

उनका अनुसार खुला पुरुषतर्फ १७ टिम र महिलातर्फ ५ टिमको सहभागिता रहेको छ ।

 

उनले उद्घाटन खेलमा बेगा र कास्की बास्केटबल एकेडेमी भिड्ने जानकारी दिए । 

 

गुरुङले पुरुषतर्फको विजेता टोलीलाई नगद रु ८० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिने जानकारी दिए  ।

 

 

यस्तै उपविजता बन्ने टोलीले नगद रु ५० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ ।

 

महिलातर्फको विजेतालाई नगद रु २० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ । भने, उपविजेता टोलाई नगद रु १० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिने उनले बताए ।

 

संयोजक गुरुङका अनुसार  पुरुष तथा महिला दुवै प्रतियोगितामा विधागत तर्फ उत्कृष्ड खेलाडी (एमभिपी), उत्कृष्ट डिफेन्सिभ खेलाडी, उदीयमान खेलाडी र उत्कृष्ट अफेन्सिभ खेलाडीलाई आकर्षक पुरस्कारको व्यवस्थासमेत गरिएको आयोजकले जनाएको छ । 


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्कालाई ६ लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ।   छैटौँ तहका इन्जिनियर खड्काले पुलको...

थप पढ्नुहोस्

पोखरा ।   युवाहरूबीच आपसी भाइचारा अभिवृद्धि गर्ने उद्देश्यसहित पोखरामा सुलभ प्रिजेन्टस् थ्रि भर्सेस थ्री खुल्ला पुरुष तथा महिला बास्केटबल प्रतियोगिता आयोजना हुने भएको छ ।   भगवती युवा ...

थप पढ्नुहोस्

फिफा विश्वकप-२०२६ अन्तर्गत भर्खरै सकिएको खेलमा स्विट्जरल्यान्डलाई ३-१ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना सेफिफाइनमा प्रवेश गरेको छ।  अतिरिक्त सयममा भएको २ गोलसँगै अर्जेन्टिनाले सानदार जित निकालेको...

थप पढ्नुहोस्